गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुट्न सकेन, बैठक निष्कर्षविहीन

काठमाडाैं | फागुन २७, २०७९

गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुट्न सकेन, बैठक निष्कर्षविहीन

काठमाण्डाै:  सत्ता गठबन्धनमा उपराष्ट्रपति पदका लागि विभिन्न दलबाट दाबी भएपछि बैठक निष्कर्षविहीन भएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक कुरा मिल्न नसक्दा निष्कर्षविहीन भएको हो ।

 

बैठकपछि जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उठाउने बताउनुभएको छ । उहाँले उपराष्ट्रपतिमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि त्यही रहेको भन्दै ममता झालाई अगाडि सारेको बताउनुभयो ।

 

जनता समाजवादी पार्टी, नेपालले पनि दुई जनाको उम्मेदवारी गर्ने अवस्था देखिएको छ । जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तयारी गरेपछि गठबन्धनबाट तीन जना उम्मेदवारले मनोनयन दर्ता गर्ने सम्भावना देखिएको हो ।

 

सहमतिमा आइतवार भोलिसम्म एक जना मात्रैको उम्मेदवारी कायम हुने पनि जनमत पार्टीका अध्यक्ष राउतले बताउनुभयो । यसअघि नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

आज बिहान बसेको पार्टीको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्